Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

निर्मलाको पक्षमा न्‍याय माग्‍दै बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन

User Photo
शुक्रबार, भदौ २९, २०७५

नयाँ बानेश्‍वरको चोक, दिउँसोको टन्टलापुर घाम, मानिसहरुको आउजाऊ बाक्लै छ, स्कुल ड्रेस लगाएका विद्यार्थीहरु सडकमा उत्रिए एक्कै स्वरमा नारा लगाइरहेका छन्, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइदैन, निर्मलालाई न्‍याय देऊ।’

उनीहरु बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिरहेका छन्।


advertisement

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ। अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौँमा छन्।

विहीबार मात्रै माइतीघर मण्डलामा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.