अमेरिकामा डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन, भने–मडरर गो ब्याक

आइतवार, भदौ ३१, २०७५, । 

अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ । अमेरिकाको टेक्सास पुगेका डा. भट्टराई विरुद्ध त्यहाँ रहेका नेपालीले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

तत्कालीन माओवादीका नेता डा. भट्टराईलाई ‘हत्यारा’ भन्दै प्रदर्शनकारीले फर्किन माग गरेका थिए । उनीहरुले ‘मडरर गो ब्याक’ भन्दै नारा लगाए । उनीहरुले ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै डा. भट्टराईलाई कालो झण्डा देखाएका थिए ।

डिसी मेट्रो एरियाबाट टेक्सास गएका डा. भट्टराई र उनकी श्रीमती तथा नेतृ हिसिला यमी विरुद्ध तत्कालीन माओवादी जनयुद्धका पीडितहरुले प्रदर्शन गरेका हुन् ।

डा. भट्टराई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, भदौ ३१, २०७५ (September 16, 2018, 9:38 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै