Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

अव्यवस्थित विद्युतीय पोलले दुर्घटना सम्भावना

User Photo
आइतवार, भदौ ३१, २०७५

जोमसोम करिडोरको सडकमा विद्युतीय जोखिम बढेको छ । करिडोर र नेपाल विद्युत् प्राधिकरणबीच समन्वय नहुँदा त्यस्तो जोखिम देखिएको हो ।

पर्वतको मिलनचोकदेखि म्याग्दीको तातोपानी विद्युत् वितरण केन्द्र हुँदै प्रवाह हुने ३३ केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ सबस्टेसनमा आइपुग्छ । ७६ किलोमिटर सडकमा विद्युतीय संरचना व्यवस्थित गर्न हेलचक्र्याइँ गरिँदा मुस्ताङ सडक जोखिममय बनेको हो ।


advertisement

करिडोरले विद्युत् प्रवाहित पोलको संरचना अलपत्र छाडेर धमाधम सडक स्तरवृद्धि गर्दै छ । सडकबीचमै विद्युत् पोल जेनतेन थमाइराखिएकाले कुनै पनि बेला मानवीय दुर्घटना निम्तिन सक्ने अवस्था सिर्जना भएको हो । म्याग्दी र मुस्ताङ सडकमा लगातारको वर्षाले सडक छेउछाउका रूखहरू ढलेर विद्युत् पोल ढल्ने तथा तार चँुडिने गरेको छ । निर्माणाधीन सडकको छेउ र बीचमा विद्युत् प्रवाहित पोल अव्यवस्थित बन्दा कुनै पनि सडकमा गुडिरहेका सवारीसाधन तथा पैदलयात्रीलाई असर पु¥याउन सक्ने खतरा देखिएको हो ।

महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा मुस्ताङमा धार्मिक पर्यटकको उल्लेख्य मात्रामा आगमन हुने गर्छ । आसन्न दसैंतिहार तथा १६ श्राद्ध तिथिमा कागबेनीमा पिण्डदान गर्ने तथा मुक्तिनाथ दर्शनका लागि मुस्ताङको सडकमा सवारी साधनको आवतजावत समेत उत्तिकै हुने गर्छ । दिनहुँ सयौंको संख्यामा पर्यटक भित्रिने समयमा अव्यवस्थित पोलले समस्या निम्त्याउने सम्भावना देखिएको हो ।

नेपालकै राष्ट्रिय गौरवको आयोजना मुस्ताङ सडकको स्तरोन्नति कार्यलाई नेपाल विद्युत् प्राधिकरणले संरचना व्यवस्थित गर्न ढिलाइ गरिरहेको देखिन्छ । करिडोरले चालू आर्थिक वर्षको १९ भदौमा सडक छेउछाउका बिद्युतीय संरचना हटाउन सरोकारवाला निकायलाई लिखित आग्रह गरेको करिडोरका इन्जिनीयर जगत प्रजापतीले जानकारी दिए । यसबारे तातोपानी जलविद्युत् आयोजना तथा जोमसोमको नीलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडलाई लिखित अनुरोध गरेको प्रजापतिको भनाइ छ ।

यता, मुस्ताङमा विद्युत् वितरण निकाय नीलगिरि उपभोक्ता सहकारी संस्थाले विद्युत् पोल हटाउने विषयमा ठोस छलफल नभएको जनाएको छ । संस्थाका अनुसार करिडोरले पोल हटाउन पत्र पठाएको भए पनि तुरुन्तै पोल व्यवस्थित गर्न सम्भव नभएको जनाएको छ । उक्त सहकारी कार्यालयका प्रमुख सनप्रसाद थकालीले यसबारे प्राधिकरणकै महानिर्देशकको अनुमति लिन आवश्यक भएको बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.