Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

अव्यवस्थित विद्युतीय पोलले दुर्घटना सम्भावना

User Photo आइतवार, भदौ ३१, २०७५

जोमसोम करिडोरको सडकमा विद्युतीय जोखिम बढेको छ । करिडोर र नेपाल विद्युत् प्राधिकरणबीच समन्वय नहुँदा त्यस्तो जोखिम देखिएको हो ।

पर्वतको मिलनचोकदेखि म्याग्दीको तातोपानी विद्युत् वितरण केन्द्र हुँदै प्रवाह हुने ३३ केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ सबस्टेसनमा आइपुग्छ । ७६ किलोमिटर सडकमा विद्युतीय संरचना व्यवस्थित गर्न हेलचक्र्याइँ गरिँदा मुस्ताङ सडक जोखिममय बनेको हो ।

करिडोरले विद्युत् प्रवाहित पोलको संरचना अलपत्र छाडेर धमाधम सडक स्तरवृद्धि गर्दै छ । सडकबीचमै विद्युत् पोल जेनतेन थमाइराखिएकाले कुनै पनि बेला मानवीय दुर्घटना निम्तिन सक्ने अवस्था सिर्जना भएको हो । म्याग्दी र मुस्ताङ सडकमा लगातारको वर्षाले सडक छेउछाउका रूखहरू ढलेर विद्युत् पोल ढल्ने तथा तार चँुडिने गरेको छ । निर्माणाधीन सडकको छेउ र बीचमा विद्युत् प्रवाहित पोल अव्यवस्थित बन्दा कुनै पनि सडकमा गुडिरहेका सवारीसाधन तथा पैदलयात्रीलाई असर पु¥याउन सक्ने खतरा देखिएको हो ।

महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा मुस्ताङमा धार्मिक पर्यटकको उल्लेख्य मात्रामा आगमन हुने गर्छ । आसन्न दसैंतिहार तथा १६ श्राद्ध तिथिमा कागबेनीमा पिण्डदान गर्ने तथा मुक्तिनाथ दर्शनका लागि मुस्ताङको सडकमा सवारी साधनको आवतजावत समेत उत्तिकै हुने गर्छ । दिनहुँ सयौंको संख्यामा पर्यटक भित्रिने समयमा अव्यवस्थित पोलले समस्या निम्त्याउने सम्भावना देखिएको हो ।

नेपालकै राष्ट्रिय गौरवको आयोजना मुस्ताङ सडकको स्तरोन्नति कार्यलाई नेपाल विद्युत् प्राधिकरणले संरचना व्यवस्थित गर्न ढिलाइ गरिरहेको देखिन्छ । करिडोरले चालू आर्थिक वर्षको १९ भदौमा सडक छेउछाउका बिद्युतीय संरचना हटाउन सरोकारवाला निकायलाई लिखित आग्रह गरेको करिडोरका इन्जिनीयर जगत प्रजापतीले जानकारी दिए । यसबारे तातोपानी जलविद्युत् आयोजना तथा जोमसोमको नीलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडलाई लिखित अनुरोध गरेको प्रजापतिको भनाइ छ ।

यता, मुस्ताङमा विद्युत् वितरण निकाय नीलगिरि उपभोक्ता सहकारी संस्थाले विद्युत् पोल हटाउने विषयमा ठोस छलफल नभएको जनाएको छ । संस्थाका अनुसार करिडोरले पोल हटाउन पत्र पठाएको भए पनि तुरुन्तै पोल व्यवस्थित गर्न सम्भव नभएको जनाएको छ । उक्त सहकारी कार्यालयका प्रमुख सनप्रसाद थकालीले यसबारे प्राधिकरणकै महानिर्देशकको अनुमति लिन आवश्यक भएको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.