Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

दशैंको अग्रिम टिकट बुकिङ खुल्यो

User Photo
सोमवार, अशोज १, २०७५

सरकारले आगामी ५ असोजदेखि दशैँको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालको संयोजकत्वमा आइतबार व्यवसायी र सरकारविच भएको छलफलले आगामी ५ असोजबाट दशैंका लागि टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले दशैंका लागि अग्रिम टिकट खोल्ने सहमति भएको बताए । व्यवसायीले यातायात समितिका बैंक खाता खोल्नुपर्ने,वैज्ञानिक भाडा दर लागु गर्नुपर्ने,बिमा संबन्धी विषय लगायतका मागहरु राखेका थिए । ती मागहरुमा सहमती भएपछि टिकट खुल्ने भएको हो । सरकारले यसअघि नै यातायात समितिका नाममा रहेका बैंक खाता खोल्ने निर्णय गरेको थियो । तर ती समितिहरु कम्पनीमा दर्ता भएको हुनुपर्ने विभागको भनाई छ ।

नयाँ भाडादर पनि समायोजन गर्ने सहमति भएपछि टिकट खुल्ने भएको हो । सरकारले गत जेठमा देशभरका यातायात संघ, समितिका नाममा रहेका करिब २ सय ४० वटा बैंक खाता रोक्का गरेको थियो ।

गत १८ चैतमा सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएपछि असन्तुष्ट बनेका व्यवसायीहरु दसैंको मौका छोपेर सरकारसँग बार्गेनिङ गरिरहेका थिए् । सरकार र व्यवसायी विच पटक पटक भएको छलफलमा सहमति हुन नसक्दा गत २४ मा खुल्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुल्न सकेको थिएन । पेट्रोलियम पदार्थको मुल्य बढिरहेका बेला भाडा दर वृद्धि नहुँदा समस्या भएको व्यवसायीको भनाई थियो । व्यवसायीका बैंक खाता खोल्ने निर्णयपछि भाडादरमा पनि परिमार्जन गर्ने सरकारले सहमति जनाए सगै टिकट बुकिङ खुल्ने भएको हो । विभागका अनुसार ४ असोजदेखि टिकट काउन्टर राख्ने तथा अनुगमनको मोडालिटी तयार पारिनेछ ।

हरेक दसैंमा उपत्यकाबाट करिब २० लाखको हाराहारीमा यात्रु बाहिरिने गरेका छन् । दसैंका लागि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने बस, माइक्रो र सुमोको अग्रिम टिकट बुकिङ्ग २४ भदौमा खुल्ने भएनिएपनि व्यवसायी र सरकारविच सहमति हुन नसक्दा टिकट बुकिङ खुल्न सकेको थिएन ।

यातायात व्यवसायीले २०६९ सालदेखि वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग लगातार छलफल गरिरहेका छन् । साथै बिमा लगायतका अन्य विषयमा पनि सरकारसँग सहमति हुन सकेको थिएन ।

विभागका अनुसार यातायात क्षेत्रको सिन्डीकेट खारेज भएयता ३ सयको हाराहारीमा समितिहरु कम्पनीमा दर्ता भएका छन् । त्यस्तै,सिन्डीकेट खारेज भएयता साढे ११ सयको हाराहारीमा नयाँ यातायात कम्पनीहरु दर्ता भएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.