Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

एनआईसी एसिया बैंकबाट पैसा पठाउँदा विशेष छुट

User Photo
सोमवार, अशोज १, २०७५

चाडपर्वका बेला पैसा रेमिट रकम पठाउँदा एनआईसी एसिया बैंकले विशेष छुट दिने भएको छ ।

‘चाडपर्व मनाऔं, एनआईसी एसिया रेमिटसँगै’ भन्ने नारासहित एनआईसी एसिया बैंकले नेपालीको महान चाड दशैंतिहार, छठको अवसरमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने व्यवस्था गरिएको छ ।


advertisement

रेमिट रकम ग्राहकले बैंकका २ सय ४६ शाखा कार्यालय, १४ वटा एक्सटेन्सन काउन्टर, १८ वटा शाखारहित बैंकिङ्ग इकाई र ६ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल र सुलभ रुपमा प्राप्त गर्न सकिने छ ।

सुविधा आगामी असोज, कात्तिक र मंसिर महिनासम्म लागि रहने छ । योे समयमा ग्राहक महानुभावले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने जनाइएको छ ।

२०७५ असोज १ गतेदेखि २०७५ मंसिर २९ गतेसम्म बैंकले एनआईसी रेमिटमार्फत् रकम पठाउने ग्राहकलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४६ शाखा कार्यालय, २ सय ४० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ९२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ६२ अर्ब तथा कर्जा १ सय ३४ अर्ब पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाखभन्दा बढी रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.