Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

निर्मला हत्यामा एसएसपी विष्ट जेल जान सक्ने

User Photo मङ्लबार, अशोज ९, २०७५

१३ वर्षिय वालिका निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलवार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनाली नेतृत्वमा गठित ५ सदस्यीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

गृहमन्त्रालय स्रोतले जनाए अनुसार प्रतिवेदनमा तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भिर गल्ति गरेको उल्लेख छ ।

निर्मला पन्त हराउने बित्तिकै निर्मलाकी आमाले प्रहरीलाई खबर गरेपनि प्रहरीले बेवास्ता गरेको भन्दै त्यसो हुनुमा तत्कालीन एसएसपी बिष्टकै कमजोरी औंल्याईएको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नुपर्नेमा लाश धुनुको साथै सुरुवाल धोएर प्रमाण नष्ट गर्नुमा पनि विष्टकै संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ । प्रहरिले सक्कलि अभियुक्त भगाएको भन्दै स्थानियले गरेको आन्दोलनमा विष्टले गोली चलाउन आदेश दिएको उल्लेख छ । यी तथ्य प्रमाणित भएमा विष्ट जेल जान सक्नेछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.