मेलम्ची खानेपानी काठमाडौंमा दुई महिनाभित्रै आईपुग्ने

मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए ।

अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए ।

दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ ।

आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, अशोज १२, २०७५ (September 28, 2018, 9:44 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै