Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

पुल निर्माण गर्न विश्व बैङ्कको १५ अर्ब

User Photo शुक्रबार, अशोज १२, २०७५

बहुराष्ट्रिय दातृसंस्था विश्व बैङ्कले नेपालको रणनीतिक सडक सञ्जाल जोड्ने पुल निर्माण गर्न करीब रू. १५ अर्ब ऋण सहयोग गर्ने भएको छ । बैङ्कको मुख्यालय वाशिङ्टनबाट बुधवार जारी विज्ञप्तिमा सो ऋण स्वीकृतिबारे उल्लेख छ । विज्ञप्तिमा नेपालको रणनीतिक सडक सञ्जाल विस्तार हुन राष्ट्रिय राजमार्ग, सहायक मार्ग र अन्य सडक गरी करीब १२ हजार १ सय ४२ किलोमिटर सडक विस्तार हुनुपर्ने र ती सडकलाई आपसमा जोड्न १ हजार ७ सय ७३ पुल निर्माण हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

अर्थ मन्त्रालयले सडक सञ्जाल विस्तार तथा पूर्वाधार निर्माणको सोही आवश्यकता सम्बोधन गर्ने दोस्रो चरणको पुल सुधार तथा मर्मत संभार परियोजनाअन्तर्गत ऋण सहयोग परिचालन हुने बताएको छ । परियोजनाअन्तर्गत सुरक्षित तथा भूकम्प प्रतिरोधी पुल निर्माण गर्ने र नयाँ प्रविधि प्रयोग भएका इञ्जिनरहित सवारीसाधनको प्रयोगलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने कार्यक्रम छ ।

विश्व बैङ्कका नेपाल प्रमुख फारिस हदाद जेर्भाेसले पूर्वाधार विकासका लागि बैङ्कको ऋण महत्वपूर्ण हुने बताए । उनले सो ऋणले निर्माण हुने पुलले नेपालीलाई सहज सञ्जालको पहुँचमा पु¥याउने भन्दै यातायात तथा व्यापार क्षेत्रको लागतसमेत घटाउने बताए ।

ऋण सहयोगले विभिन्न सडक तथा राजमार्ग जोड्ने करीब ४ सय ७७ पुल निर्माण र ९० पुल मर्मत सम्भार गर्न पुग्ने ठानिएको छ । त्यसैगरी सोही ऋणबाट नयाँ बनेका २ लेनका ८० पुल र ४ लेनका ३५ पुलको अपग्रेड तथा मर्मत सम्भारसमेत गरिने बताइएको छ । बैङ्कले नेपालको सञ्जाल निर्माणको आवश्यकता सम्बोधन भएपछि आर्थिक वृद्धि बढ्ने अपेक्षा राखेको छ । बैङ्कले पहिलोपटक सन् १९६९ मा दूरसञ्चार परियोजनामा सहयोग गरेको थियो । त्यसयता बैङ्कले विभिन्न परियोजनमा निरन्तर सहयोग दिइरहेको छ । हालसम्म बैङ्कअन्तर्गतका परियोजनामा कुल १ अर्ब ७५ करोड डलर खर्च भएको छ । त्यसमध्येको ३ अर्ब ४८ करोड डलर ऋण सहयोग र १ अर्ब २७ करोड डलर अनुदान सहयोग हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.