Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना, प्रहरी जवान ६ हजार बढी, इन्स्पेक्टर १०८

User Photo
सोमवार, अशोज १५, २०७५

नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगी लगायत ठूलो संख्यामा समावेशी प्रावधान अनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी  कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी कार्यालय सहयोगी(हजाम)मा १५, प्रहरी कार्यालय सहयोगी(सिलाई÷बुनाई)मा १२, प्रहरी कार्यालय सहयोगी(कुचिकार)मा १४, प्रहरी कार्यालय सहयोगी(मोचि)मा ९ र प्रहरी कार्यालय सहयोगी(खेलाडी)मा ३० जनाको माग गरिएको छ ।


advertisement

प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।

विज्ञापनमा प्रहरी जवान तथा अन्य सहयोगीको हकमा पनि सोही मितिमा दरखास्त आह्वान गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.