भारतको बागडोग्रा विमानस्थलबाट तीन नेपाली महिलाको उद्धार

सोमवार, अशोज १५, २०७५, । 

१८ देखि ४५ वर्ष उमेर समूहका तीन जना नेपाली महिलालाई भारतको बागडोग्रा विमानस्थलबाट प्रहरीले उद्धार गरेको छ । उनीहरु सो विमानस्थल हुँदै खाडी राष्ट्रमा जान लागेका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुलाई शनिबार प्रहरीले उद्धार गरेको हो । कुनै पनि कागजात नभएका उनीहरु खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा जान लागेको पाइएको प्रहरीले बताएको छ ।

यसरी जाने मान्छेको नयाँ दिल्लीमा सम्पर्क व्यक्ति यसअघि हुने गरेको भएपनि शनिबार उद्धार गरिएका ती नेपाली महिलाले भने त्यस्तो सम्पर्क व्यक्तिको सूचना नदिएको प्रहरीले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, अशोज १५, २०७५ (October 1, 2018, 1:00 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै