Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

मुटुको लागि साईकल, स्वास्थ्यको लागि साईकल!

User Photo
सोमवार, अशोज १५, २०७५

विश्व मुटु दिवस २०१८ को अवसर पारेर ललितपुरको मंगलबजारदेखि काभ्रेको नालासम्म साइकल यात्रा आयोजना भएको छ।

विश्व मुटुरोग दिवसको अवसर पारेर शनिबार गरिएको सचेतना र्‍यालीबाट काभ्रेको प्राचीन शहर नालाको पर्यटन प्रवर्धनसमेत गरिएको आयोजक जि व झी नालाले जानकारी दिएको छ।


advertisement

आधुनिक शहरीया जिवनशैली र खानपिनले दिन प्रतिदिन मुटु रोगी बढ्दै गएको भन्दै साईकल यात्राद्वारा सचेतना बाढ्न मुटु दिवसको दिन पारेर कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

‘नालाका लागि पाउदानी, मुटुका लागि पाउदानी (पेडल फर नाला, पेडल फर हर्ट)’ नारा सहित पहिलो पटक साईकल यात्रा आयोजना गरिएको हो।

पाँच  सय प्रवेश शुल्क लिएको कार्यक्रममा करिब २ जना साइकलेहरू सहभागी भएका थिए।

सहभागिलाई टिसर्ट, प्रमाणपत्र, खानाका व्यवस्था गर्नुका साथै स्थानीय सांस्कृतिक कार्यक्रमबाटसमेत मनोरञ्जन दिइएको थियो।

संस्कृतिविद् सत्यमोहन जोशीले साईकल यात्रीलाईलाई शुभकामना दिई बिदाई गरेको थिए।

साईकल यात्रीलाई हौसला र प्रोत्साहन दिन पुगेका त्रि.वि. द्वण्द, शान्ति र बिकास बिभागका उपप्रध्यापक चिरन्जिबी भण्डारीले साईक्लिङ स्वास्थ्य, वातरवणीय, आर्थिक र सामाजिक दृष्टिकोणले फाईदाजनक रहेको बताए।

त्यसैगरी कन्सेप्ट नेपालका साईकल विज्ञ तथा वातावरणविद देवेन्द्र बस्नेतले स्वास्थ्य मुटुको लागि साईकल चढ्ने बानी राख्न सुझाए। सरकारले अनिवार्य रुपमा साईकल लेन बनाउनुपर्ने माग समेत उनले गरेका थिए।

मंगलबजारबाट सुरू भएको साइकल यात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्याम्हासिंह, ताथली, नाला गुम्बाहुँदै नालास्थित भगवती मन्दिरसम्म पुगेको थियो।

कार्यक्रम काभ्रे जिल्ला साइक्लिङ एसोसियसन, पन्चबाइक, कन्सेप्ट नेपाल,  नेपाल माउण्टेन बाइक लगायतले प्राविधिक सहयोग गरेका थिए।

 


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.