माधव नेपालको विदेश मोहः चार महिनामा ६ भ्रमण, डेढ महिना देश बाहिर

मङ्लबार, अशोज १६, २०७५, । 

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्।

संसद्मा पनि उनले भने–देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैँचाहिँ चार महिनामा ६ पटक विदेश पुगिसके।

नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि उनी विदेशमा थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ।

नेता नेपाल जेठमा ११ दिन (१९–२९) ब्राजिल भ्रमणमा गए। त्यसैगरी असार २६–३१ चीन, साउन १०–१४ कम्बोडिया, भदौ १५–२० अमेरिका, असोज ३–९ घाना, असोज १४–१८ चीन गएका छन्।

नेता नेपालले ४ महिनामा ६ पटक विदेश भ्रमण गरेर डेढ महिना देशबाहिर विताएका छन्। तर, उनको विदेश भ्रमणबाट मुलुकलाई उपलव्धी केही नभएको भन्दै आलोचना भइरहेको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, अशोज १६, २०७५ (October 2, 2018, 7:47 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै