Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

यसरी बदलिँदैछ हामीले प्रयोग गर्ने किबोर्डको स्वरुप

User Photo
मङ्लबार, अशोज १६, २०७५

टाइपराइटरपछि विकास भएको क्वेर्टी किबोर्ड नै हालसम्म अधिकांशका लागि सहज र उपयागी रहँदै आएको छ । त्यसैबाट हामीले टाइप गर्न र कम्प्युटर चलाउन सकिरहेका छौँ ।

तर पछिल्लो समय वैज्ञानिकहरुले मानव जीवनलाई थप सहज र सुविधायुक्त बनाउने उद्देश्यले यिनको स्वरुपमा आधुनिक परिवर्तन ल्याउने प्रयास गरिरहेका छन् । जससँगै अबका केही वर्षमा हामीले अहिले प्रयोग गरिरहेको क्वेर्टी किबोर्ड हट्न सक्ने अनुमान रहेको संचार एजेन्सी वाल स्ट्रिट जर्नलले जनाएको छ ।


advertisement

वास्तवमा हालका किबोर्ड मोबाइल फोन, ट्याब्लेट, स्मार्टवाच जस्ता उपकरणहरुका लागि समस्या बनिरहेको देखिएको छ । तिनीहरुमा ठूलो किबोर्ड जोड्न व्यवहारिक नहुने भएकाले नै कम्पनीहरुले अहिलेको किबार्डको विकल्पका रुपमा विभिन्न योजनामा काम गरिरहेका छन् । यसमा कसैले गति बढाउनमा जोड दिइरहेका छन् भने कोही चाहिँ यसको प्रयोगलाई सहज बनाउनेतर्फ लागिरहेका छन् ।

यस्तोमा पछिल्लो समय बाहिर ल्याइएको ‘वेरेबल किबोर्ड’ अर्थात लगाउन मिल्ने किबोर्ड चर्चामा रहँदै आएको छ । यो पहिरिएपछि हामीले किबोर्डमा टाइप गर्नुको सट्टा आफ्ना हातका औँलाहरुलाई अरु जुनसुकै वस्तुमाथि थिचेपनि हाम्रो स्क्रिनमा टाइप हुनेछ । यसमा हाम्रा औँलाले नै ‘कि’ को रुपमा काम गर्नेछन् । तर यसमा पनि सबैलाई फिट हुने र सहज प्रयोगबारे शंका व्यक्त गरिएको छ । त्यसैगरी सबैले किन्न सक्ने मूल्य निर्धारण गर्नु पनि यस प्रणालीको अर्को चुनौती रहँदै आएको छ । यसरी यो प्रणालीमा पनि औँलालाई नै महत्व दिइएको छ तर यसमा भने हामीले किबोर्डका बटनमा थिच्नु पर्ने छैन ।

यसैगरी अर्को कम्पनी लिप मोसनले भने किबोर्ड आधुनिकीकरणमा छुट्टै तरिका अपनाइरहेको छ । यसले चाहिँ भिआर प्रणलाीको प्रयोग गरिएको छ जसमा आफ्ना अगाडि सँचिकैको किबोर्ड नभएपनि भिआरमा देखिने कृत्रिम किबार्डमार्फत टाइप गर्न सकिनेछ । हामीले

किबोर्ड महसुस नगरेपनि टाइप स्क्रिनमा सबै अक्षर टाइप हुने बताइएको छ । यसअघि प्राविधिक विद्हरुले पनि यो प्रणालीलाई धेरै आकर्षक मानेका थिए ।

हाल सबैभन्दा स्वभाविक मानिएको आधुनिक तरिका हाम्रो आवाजको मद्दतले टाइप गर्नु हो जससँग हामी धेरै अगाडि परिचित भइसकेका छौँँ । तर सो तरिकाल पनि साचेअनुसार परिणाम ल्याउन सकेन ।

यसमा हामीले लामो हरफ बोलिरहँदासोचमा फरक पार्न सक्ने र साथै वाक्यहरुका बीचमा प्रयोग हुने चिन्ह पनि बारम्बार भनिरहनुपर्ने हुँदा द्विविधा उत्पन्न गराउने समस्या देखिएको थियो ।

विशेषगरी अङ्ग्रेजीमा यसले क्यापिटलमा लेख्नुपर्दा अफ्ठ्यारो गराउने बताइएको छ । त्यसैले आवाजमार्फत निर्देशन दिने प्रणाली व्यवहारिक हुन नसकेको बताइएको हो ।

यसैमा वर्षौँदेखि अनुसन्धान गरिरहेको न्युआन्स कम्पनीले भने हामीले के बोलिरहेको छौँ भन्दा पनि हाम्रो वाक्यको वास्तविक अर्थलाई ध्यानमा राखेर उपकरणले निर्देशन पालन गर्ने सम्बन्धि काम गरिरहेको छ जसले यसअघिका समस्या समाधान गर्न सक्ने अपेक्षा गरिएको हो ।

त्यसैगरी दिमागका पल्स निरीक्षण गरि हाम्रो सोचकै भरमा अटोमेटिक टाइप हुने प्रणालीमा पनि काम भइरहेको जनाइएको छ । यसरी किबोर्ड आधुनिकीकरणमा भिन्दाभिन्दै परियोजनाहरु अघि बढिरहेपनि अन्त्यमा सबै कम्पनीले व्यवहारिकतामै काम गर्नुपर्ने हुन्छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.