Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

आज राति पौने १० बजेदेखि इडीभी भर्न सकिने, यस्ता छन् नयाँ नियम

User Photo
बुधबार, अशोज १७, २०७५

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि आज १७ असोजदेखि आवेदन खुल्ने भएको छ । आज नेपाली समयअनुसार राति पौने १० बजेदेखि आवेदन दिन सकिने छ । २० कात्तिकको राति १०ः४५ बजे आवदेन बन्द हुनेछ ।

भिसा चिट्ठाका लागि आवेदकहरूले  www.dvlottery.state.gov  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई(डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।


advertisement

२०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । आवेदन दर्ता गर्दा पति पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन गरे अयोग्य ठहरिने अमेरिकी दूताबासले जनाएको छ ।

डीभी चिट्ठामा सहभागी हन शुल्क नलाग्ने नेपालस्थित अमेरिकी दूताबासले जनाएको छ । दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.