साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा निलम्वनमा परेका नेपाल प्रहरीका ३ अधिकृत सेवामा फर्कने बाटो खुलेको छ।
उच्च अदालतको आदेशपछि साधारण तारेखमा छुटेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीको निलम्बन गृह मन्त्रालयले फुकुवा गरेको हो। मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेका उनिहरुलाई पुनरावेदनपछि उच्च अदालतले साधारण तारेखमै छाड्न आदेश दिएको थियो।
प्रहरी एेनअनुसार फौजदारी अभियोगमा साधारण तारेखमा छुटेमा निलम्बन फुकुवा हुने प्रावधान छ। कारागारबाट छुटे लगत्तै तीनै जना प्रहरी अधिकृतले सेवामा फर्कन प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।