Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

User Photo
बिहिबार, अशोज १८, २०७५

सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाको यो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकामा भएका अनाथ बालबालिकाको तत्थ्यांक संकलन हुँुदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।’ भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा सहयोग पुग्ने उपाध्यक्ष सिंहको दाबी छ ।


advertisement

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । ६० वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रतिमहिना ५ सय रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको हो ।

डोटीमा एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गर्ने सायल गाउँपालिका पहिलो गाउँपालिका भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो । उहाँले भन्नुभयो ‘एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौँ । यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.