Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

User Photo
बिहिबार, अशोज १८, २०७५

सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाको यो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकामा भएका अनाथ बालबालिकाको तत्थ्यांक संकलन हुँुदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।’ भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा सहयोग पुग्ने उपाध्यक्ष सिंहको दाबी छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । ६० वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रतिमहिना ५ सय रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको हो ।

डोटीमा एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गर्ने सायल गाउँपालिका पहिलो गाउँपालिका भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो । उहाँले भन्नुभयो ‘एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौँ । यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.