Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

बिरामीको मृत्यु भएपछि लाइफलाइन अस्पतालमा तनाव

User Photo
बिहिबार, अशोज १८, २०७५

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा तनाव सिर्जना भएको छ। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो।

दमक–६ का ७५ वर्षिया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र  आफन्तले बुधबार रातिसम्म प्रर्दशन गरेका हुन्। पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएका शाहलाई चिकित्सककै सहमतिमा बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो।

सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो। शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ।

अस्पतालले दिएको जवाफप्रति मृतक परिवारले असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका थिए। मृतकका छोरा वीरेन्द्रले  श्वासप्रश्वासमा समस्या आउन साथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको अकालमा ज्यान गएको बताए।

उनले स्वास्थ्यकर्मीको चरम लापरवाही भएर आमाले अकालमा ज्यान गुमाउनु परेको दावी गरे। अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु शाहले भने विरामीको हृदयाघातबाट निधन भएको बताए।

बिहीबार बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। के सहमति भयो भन्ने खुलाइएको छैन। सहमति भएसँगै पीडित पक्षले शव उठाएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.