Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

हप्तामा ३ दिन कर प्रशासनको बजार अनुगमन

User Photo बिहिबार, अशोज १८, २०७५

आन्तरिक राजश्व विभागले बजार अनुमगनलाई तीब्रता दिएको छ। कर परिपालन गराउनको लागि नियमित बजार अनुगमन गरिएको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्षको तुलनामा उच्च बृद्धिदरकाे लक्ष्य लिएको सरकारले कर प्रशासनलाई चुस्त बनाउने योजना लिएको थियो।

हप्तामा ३ दिन देशभरका कर कार्यालयबाट एकैपटक अनुगमनमा जाने समयतालिका मिलाएको विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए।

‘हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार दिनै तोकेर देशभरबाट एकैपटक बजार अनुगमनमा गइरहेका छौं ४० वटा आन्तरिक राजश्व कार्यालय, १९ वटा सेवा कार्यलयबाट एकैपटक अनुगमन निकालेका छौं’ ढुंगेलले सेतोपाटीसँग भने।

अहिले भइरको दिन परिवर्तन हुनसक्ने उनले जानकारी दिए। नियमित बजार अनुगमनबाट विलिङ प्रणालीमा सुधार भइरहेको उनले बताए।

अनुगमनको क्रममा प्यान, भ्याट दर्ता भए नभएको हेर्ने, भएका भए कर तिरेनतिरेको हेर्ने, जरिवाना गराउने र कैफियत देखिए खाता ल्याएर अध्ययन गर्ने काम भइरहको उनले जानकारी दिए।

यसको परिणाम केही समयपछि देखिने उनको भनाइ छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.