Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

डिजिटल बोर्डबाट पढाइ

User Photo शुक्रबार, अशोज १९, २०७५

रुकुम । आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा तीन विद्यालयमा अध्यापन गराउनुका साथै डिजिटल हाजिरीको पनि व्यवस्था गरिएको नगरपालिकाको शिक्षा एकाइ संयोजक थलबीर ओलीले जानकारी दिए । उनका अनुसार तीन विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तकअनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्डमार्फत जानकारी गराइन्छ ।

हाल प्रत्येक कक्षामा पालोपालो डिजिटल बोर्डमार्फत पठनपाठन भइरहेको यो प्रक्रिया प्रभावकारी भए सबै कक्षा तथा अन्य विद्यालयमा पनि यसलाई विस्तार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिडिजिटल बोर्ड रु तीन लाख ६० हजारका दरले खरिद गरेको हो । डिजिटल बोर्ड जडान गरिएपछि पढाइमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । रमाइरमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हुँदै गएको सरस्वती मावि शिक्षक दलबहादुर बुढाले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.