Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

निजी क्षेत्रद्वारा स्थायी राजधानी तोक्न ज्ञापनपत्र

User Photo
शुक्रबार, अशोज १९, २०७५

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको नेतृत्वमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई तोक्न प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

विराटनगरस्थित प्रदेश १ सरकारको प्रदेशसभा सचिवालयमा सभामुख प्रदीप भण्डारी, मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले हस्तान्तरण गरेका हुन् ।


advertisement

ज्ञापनपत्रमा विराटनगरका राजनीतिक, सामाजिक, व्यावसायिक, शैक्षिक, स्वास्थ्य चिकित्सा, कानुनी, कर्मचारी युनियन, गैह्रसरकारी, यौगिक, सञ्चारमाध्यमलगायतका करिब ६३ वटा संघ–संस्थाहरुले हस्ताक्षर गरेका थिए ।

विराटनगरलाई राजधानी बनाउने सबल पक्षसम्बन्धी मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले तयार पारेको विवरणसहितको ज्ञापनपत्रमा विराटनगरको पौराणिक, ऐतिहासिक स्थल, राजनीतिक पहुँच, औद्योगिक एवं व्यावसायिक सबलताले समर्थन जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले विराटनगर राजधानी नहुने कुरा बाहिरी हल्ला मात्र रहेको एवं प्रदेश संसद्मा त्यस किसिमको कुनै पनि गतिविधि नभएको बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.