Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

निजी क्षेत्रद्वारा स्थायी राजधानी तोक्न ज्ञापनपत्र

User Photo शुक्रबार, अशोज १९, २०७५

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको नेतृत्वमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई तोक्न प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

विराटनगरस्थित प्रदेश १ सरकारको प्रदेशसभा सचिवालयमा सभामुख प्रदीप भण्डारी, मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले हस्तान्तरण गरेका हुन् ।

ज्ञापनपत्रमा विराटनगरका राजनीतिक, सामाजिक, व्यावसायिक, शैक्षिक, स्वास्थ्य चिकित्सा, कानुनी, कर्मचारी युनियन, गैह्रसरकारी, यौगिक, सञ्चारमाध्यमलगायतका करिब ६३ वटा संघ–संस्थाहरुले हस्ताक्षर गरेका थिए ।

विराटनगरलाई राजधानी बनाउने सबल पक्षसम्बन्धी मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले तयार पारेको विवरणसहितको ज्ञापनपत्रमा विराटनगरको पौराणिक, ऐतिहासिक स्थल, राजनीतिक पहुँच, औद्योगिक एवं व्यावसायिक सबलताले समर्थन जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले विराटनगर राजधानी नहुने कुरा बाहिरी हल्ला मात्र रहेको एवं प्रदेश संसद्मा त्यस किसिमको कुनै पनि गतिविधि नभएको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.