एनसेल ‘रिचार्ज एण्ड विन’ अफरः विजेताहरुले पाए जनही एक लाख

शुक्रबार, अशोज १९, २०७५, । 

एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत चौथो हप्ताका विजेताहरु मंगलवार (असोज १६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

चौथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरुले जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन् । तेस्रो हप्ताका एक सहित गरी यस हप्ताका घोषित कुल ११ जना विजेताहरु मध्ये छ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भईरहेको एनसेलले जनाएको छ ।

एनसेलका मानव संशाधन निर्देशक युवराज श्रिवास्तवले बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा चौथोे हप्ताका पाँच विजयीहरु सुमित्रा डाङ्गी (सल्यान), राकेश साह (सर्लाही), शिव खत्री (झापा), दिनेश गमाल (मकवानपुर) र सुरज कुमार बरुवाल (मकवापुर)लाई जनही एक लाखको नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

चौथोे हप्ता सम्ममा ४० जना भाग्यशाली विजेताहरुले जनही एक लाख जित्न सफल भएका छन् । यी मध्ये ३२ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने अन्य ८ जना विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

अफर अन्र्तगत बाँकी ६ हप्तामा थप ६० पुरस्कार विजेताहरु छानिने छन् । ‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् ।

यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, अशोज १९, २०७५ (October 5, 2018, 1:47 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै