Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

स्कुलमा प्रहरीको जागरण अभियान

User Photo आइतवार, अशोज २१, २०७५

नुवाकोटका प्रहरी विद्यार्थीमाझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन् । प्रहरीले विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान सञ्चालन गरेको नुवाकोट प्रहरीले जनाएको छ ।२५ दिनदेखि नुवाकोटमा विभिन्न शिक्षण संस्थाहरूमा ‘स्कुल-स्कुलमा प्रहरी’ नामक अभियान सञ्चालन गरिरहेको हो ।

प्रहरी अधिकारीहरू महिला, बालबालिका तथा यौनजन्य हिंसा, साइबर अपराध, लागूऔषध, जबरजस्ती करणीसम्बन्धी अपराध ठहर्ने अवस्था र कानुनी व्यवस्थाहरू साथै त्यसबाट बच्ने सुरक्षात्मक उपायहरूका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक कार्यक्रममा किशोरवयका छात्रछात्रालाई सहभागी गराएर उनीहरूलाई हिंसाका कारकहरू र सावधानीका उपायहरूका बारेमा प्रहरीले सचेत गराउँदै आएको छ । ‘यौनजन्य हिंसाविरुद्ध स्कुल-स्कुलमा प्रहरी’ नामक सचेतनामूलक कार्यक्रममा देखिएको छात्रछात्राको सहभागिताले सबै प्रकारका हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नुवाकोटका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरको भनाइ छ ।

कतिपय सन्दर्भमा कानुनी व्यवस्थाका बारेमा अनभिज्ञ रहने अवस्थाले पनि हिंसालाई बल पुर्‍याइरहेको सन्दर्भमा यसका प्रावधानका बारेमा छात्रछात्रालाई जानकारी गराउँदा त्यसबाट सिंगो समाज नै जानकार हुने भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरूमार्फत समन्वय गरेर सुरु गरिएको सचेतनामूलक कार्यक्रममा हालसम्म तीन हजार सात सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।

प्रहरीका अनुसार समाजका सबै पक्षलाई हिंसा न्यूनीकरणमा सचेत बनाउने उद्देश्यले सञ्चालित यो अभियान असोज २४ गतेसम्म हुनेछ । महिलामाथि बढ्दो हिंसाका घटनालाई न्यूनीकरणका लागि नुवाकोटमा स्कूल-स्कूलमा प्रहरी कार्यक्रम सञ्चालन भएको हो । नुवाकोट प्रहरीले जिल्लाका हरेक विद्यालयमा पुगेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए ।

अभियानअन्र्तगत नुवाकोटका ४० विद्यालयमा अभियान सञ्चालन गरिसकिएको छ । विद्यार्थीलाई यौनहिंसा, महिलाहिंसा, लागूऔषध, मानव बेचबिखन, साइबर क्राइम आदिबारे जानकारी दिइएको हो । अभियानमा बालबालिकालाई यौनहिंसा र बलात्कारका घटनाबाट कसरी सुरक्षित रहने भनेर पनि सिकाइएको छ । जिल्लाका सबै विद्यालयमा असोजभित्रै अभियान पुर्‍याउने योजना रहेको प्रहरीको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.