Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

नेपाली सेना तयारी अवस्थामा, निगमका चालकले हड्ताल गरे पनि इन्धन अभाव नहुने

User Photo
सोमवार, अशोज २२, २०७५

चालकहरुले बेलाबेलामा आन्दोलन गर्दा इन्धनको अभाव हुने गरेको भन्दै नेपाल आयल निगमले वैकल्पिक जनशक्ति पनि तयार पार्न थालेको छ ।

यसै महिनाको सुरुमा पनि चालहरुले अमलेखगञ्जबाट तेल नउठाउँदा १-२ दिन देशैभर हाहाकार भएको थियो । निगमले त्यतिबेलै नेपाली सेनासँग सहयोग मागेर नेपाल एयरलाइन्सका विमान चार्टर गर्दै ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवा पठाएको थियो ।

नेपाली सेनाका चालक देखेपछि निगमका चालक डराएर तेल ढुवानी गरेका थिए । निगमले सेनाका ३० जना चालकलाई अमलेखगञ्ज र भैरहवामा तेल लोड अनलोड र प्रशासनिक काम गर्ने तालिम दिइसकेको छ ।

‘हामीले उहाँहरुलाई सबै तालिम दिइसकेका छौँ, निगमलाई अरु चालकको सहमति नहुनेबित्तिकै उहाँहरुले ट्यांकर चलाउन थालिहाल्नुहुन्छ, अब चालकले हडताल गरे भने पहिले जस्तो हाहाकार हुँदैन’, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

यस्तै निगमले नेपाली सेना र नेपाल प्रहरीलाई ट्यांकर थप्नको लागि पनि आग्रह गरिसकेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.