बौद्धमा डीएसपी चन्द, थप दुई वटा वृतमा प्रमुख परिवर्तन

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत बौद्धमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ। डीएसपी श्याम राई घुस कान्डमा पक्राउ परेपछि बौद्ध वृत प्रमुखविहिन थियो।

राई शनिबार पक्राउ परेका थिए। चन्द हाल महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत छन्।

यसैगरी थानकोट र सातदोबाटो वृतका प्रमुख पनि फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले थानकोटमा कुमारविक्रम थापा र सातदोबाटोमा गौतम मिश्रलाई खटाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
सोम, अशोज २२, २०७५ (October 8, 2018, 4:24 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै