Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

छोटो अवधिमा जनताको अपेक्षा पूरा गर्न सकिएन : मुख्यमन्त्री पौडेल

User Photo
सोमवार, अशोज २२, २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको अवधि छोटो भएकाले जनताको अपेक्षा पूरा नसकिएको बताएका छन्। साेमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले जनताको अपेक्षा धेरै भए पनि ७ महिनाको अवधिमा अपेक्षा पूरा गर्न प्रदेश सरकार असमर्थ रहेको स्वीकार गरेका हुन्।

मुख्यमन्त्रीले प्रतिपक्षले साथ दिएको अवस्थामा पनि काम गर्न नसकेकोमा सबैले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै कानुन निर्माणमा धेरे समय खर्चिंदा विकासमा ध्यान दिन नसकेकोमा आफैँ पनि सन्तुष्ट नरहेको बताए। तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताउँदै उनले केन्द्र सरकारसँग आफूहरूले विवाद नभई अधिकार मागेको बताए। कानुन निर्माणको कामलाई पनि निरन्तरता दिँदै विकासका कामलाई अघि बढाई प्रदेश सरकारको अनुभूति हुने गरी अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए।

सरकारको गति किन सुस्त?

प्रदेशसभाको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारको गति किन सुस्त भनी प्रश्‍न गरेका थिए। उनले प्रतिपक्षले साथ दिँदा पनि सरकार बनेको ७ महिनामा ७४ वटा बैठक बस्दा २४ वटा मात्रै विधेयक पेस भएको भन्दै सरकारको कटाक्ष गरे। उनले ९९ वटा विधेयक बनाउन आवश्यक रहेकोमा २४ वटा प्रदेशसभामा दर्ता भएको र १७ वटा पारित भएको भन्दै सरकारको कामको गतिको आलोचना गरेका हुन्।

प्रदेश सरकारले आफूलाई विगतको प्रशासनिक एकाइको रूपमा अघि बढाउन खोजेको भन्दै सरकारको अधिकार प्रयोग गर्न उनको सुझाव थियो। उनले प्रदेश सरकारको अहिलेको कार्यशैलीले जनतामा संघीय व्यवस्थाका लागि सरकार इमान्दार नभएको सन्देश जानेतर्फ सचेत रहनुपर्नेमा जोड दिए।

उनले प्रदेशको राजधानी रणनीतिक र सडक सञ्जालको हिसाबले हेटौँडामा तोकिएको भन्दै विवेकपूर्ण निर्णय हुनुपर्ने बताए। यस्तै, विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार आफू बलियो नभई संघीय सरकारलाई दोष दिनु उपयुक्त नहुने बताए। उनले ५ वर्ष आयु भएको प्रदेश सरकारले ७ महिनासम्म ‘बामे मात्रै सर्नु’ राम्रो लक्षण नभएको बताउँदै पोलियो खोपको आवश्यकता परेको हो भनी प्रश्न गरेका थिए।

नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले बालुवाटारमा बसेको केन्द्रीय सरकारले महँगीको चंगा उडाइरहेकोले यसको मारमा प्रदेश सरकार परेको भन्दै वर्तमान सरकार मतमा दुई तिहाईको भए पनि इमान्दारिता र सोचमा एक चौथाई पनि नभएको आरोप लगाए। प्रदेशसभा बैठकमा राप्रपाकी प्रदेशसभा सदस्य रीता माझी र राप्रपाकी प्रदेशसभा सदस्य रीना गुरुङले मूल्यबृद्धिले जनताको दशैंमा नकारात्मक असर परेको भन्दै मूल्यवृद्धि नियन्त्रणमा जोड दिएका थिए।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.