Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो

User Photo आइतवार, कार्तिक २५, २०७५

काठमाडौंँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ ।

नेकपा सचिवालय बैठकले यही कात्तिक ८ गते दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई प्रदेश कमिटीको सदस्य सङख्या, केन्द्रीय नेताहरुको जिम्मेवारी तथा पार्टीको तल्लो स्तरसम्मको एकता प्रक्रियाका लागि गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारीअनुरुप कार्यदलले सघन रुपमा काम गरिरहेको नेकपाका महासचिव तथा कार्यदलका सदस्य विष्णुप्रसाद पौडेलले बताए ।

कार्यदलले गृहकार्य गरी तयार गर्ने प्रतिवेदनलाई पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले गृहकार्यलाई अन्तिम रुप दिइनसकेकाले सचिवालय बैठक बस्न सकेको छैन । यसअघि कात्तिक १२ र १३ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरिएको भए पनि प्रधानमन्त्रीको अस्वस्थता र कार्यदलको तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटी बैठक सार्ने निर्णय भएलगत्तै पार्टी भित्रका नेताहरुले विरोध गरेका थिए ।

गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ । गोरखापत्र दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.