पोखरा। गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ।
चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्।
साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे।
मुख्यमन्त्री गुरुङ बुधबार गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीको छोरीको बिहेमा पुगे। उनीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्थ, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर पनि चितवन गए।
चितवनबाट मुख्यमन्त्रीसहित तीन मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे। अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्किने क्रममा थिए।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर बाहिर निस्किए।
सामाजिक विकासमन्त्री नरदेवी पुन पोखराकै एक कार्यक्रममा व्यस्त रहेको मन्त्रालयका एक कर्मचारीले बताए। यउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल थाइल्याण्ड भ्रमणमा छन्। अन्नपुर्ण पोष्टमा
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द