Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

‘फेलो’ शिक्षकको नेतृत्वमा ‘क्षितिज सिकाइ मेला-२’

User Photo आइतवार, पुस १५, २०७५

काठमाडौं । सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला-२’ आयोजना हुने भएको छ।

टिच फर नेपालका प्रज्ञार्थी शिक्षक (फेलो)हरूको नेतृत्वमा हुन गइरहेको उक्त शैक्षिक मेला पुस २७ गते हुँदैछ।

यो मेलाको दोस्रो संस्करण हो। सिन्धुपाल्चोकको भोताङ ३ स्थित श्री भोताङदेवी माध्यमिक विद्यालयमा हुने कार्यक्रममा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरूको संयुक्त आयोजना रहनेछ।

‘विज्ञान, प्रविधि र कलाको प्रवर्द्धन, हामी सबैको सम्बोधन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सिकाइ मेलाको उद्देश्य शैक्षिक स्थितिको सुधार एवं प्रवर्द्धन गर्नु रहेको प्रज्ञार्थी मिंमा तेन्जिङ केसीले बताए। उनले भने, ‘मेलामा शिक्षासम्बन्धी सम्पूर्ण परामर्श उपलब्ध गराउने छौँ।’ कार्यक्रममा विद्यार्थीका लागि उच्च शिक्षाको निमित्त परामर्श सेवा, कार्यरत शिक्षकको सशक्तीकरण र विद्यार्थीको सिकाइ प्रक्रिया विकासको निम्ति आवश्यक तयारी, स्थानीय जनप्रतिनिधिमा शिक्षाको अवस्था प्रकाश पार्ने आदि कार्यक्रम रहेका छन्। यसअघि २०७४ सालमा श्री रैथाने माध्यमिक विद्यालयमा मेलाको पहिलो संस्करण आयोजना भएको थियो।

जहाँ एक हजार ४७० जनाको सहभागिता रहेको टिच फर नेपालले जनाएको छ। यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउने बताइएको छ। मेलामार्फत् विद्यालय र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिने र शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिने रहेछ भन्ने विषयमा छलफल हुनेछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.