Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

माघ २ मा स्वतः भंग हुँदै नेविसंघ, महाधिवेशन आउन ४ दिन बाँकी हुदा जिल्ला अधिवेशन नै सकिएन

User Photo मङ्लबार, पुस २४, २०७५

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि अन्यौलमा परेको छ।

कार्यतालिका अनुसार पुस २८ गतेदेखि १४ औं महाधिवेशन हुनुपर्ने हो तर जिल्ला अधिवेशन नै सकिएको छैन। महाधिवेशनको लागि जिल्लाबाट प्रतिनिधि आउनुपर्छ।

महाधिवेशन आउन ४ दिन बाँकी हुँदा मंगलबारसम्म १६ जिल्लाले मात्रै अधिवेशन सकेका छन्।

‘६१ जिल्लामा छिट्टै अधिवेशन हुन्छ, मिति तोकिसकियो,’ नेविसंघका सभापति नैनसिंह महरले भने।

नेविसंघले आफ्नै कार्यतालिका अनुसार अधिवेशन गर्न सकेन। क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन पुस २० अघि नै सकिनुपर्थ्यो।

‘पार्टीको महासमिति बैठक र १५ पुसदेखि क्याम्पसहरूमा जाडो बिदा हुँदा कार्यतालिकाअनुसार हामीले अधिवेशन गर्न सकेनौं,’ उनले भने।

महासमिति बैठक पुस पहिलो साता सकिएको थियो। जिल्ला अधिवेशन गराउन भन्दै नेविसंघले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको छ। नेविसंघ विधानअनुसार दुई वर्ष अन्तरालमा महाधिवेशन हुनुपर्छ। महर नेतृत्वको कार्यसमितिको म्याद भदौमै सकिए पनि विधान अनुसार तीन महिना म्याद थप गरिएको थियो।

त्यो म्याद पनि घर्केपछि कांग्रेस केन्द्रीय समितिले महाधिवेशन गराउन भन्दै पुन: दुई महिना म्याद थपिदियो। महर नेतृत्वको कार्यसमितिको म्याद माघ २ मा सकिँदैछ।

‘फागुनमा स्ववियु चुनाव हुँदैछ। यसैको आसपासमा महाधिवेशन गर्ने गरी तयारीमा जुट्नुपर्छ,’ सभापति महरले भने, ‘यही कार्यसमितिले महाधिवेशन गराउनुपर्छ।’

१४ औं महाधिवेशनको समय घर्किन लागेकोमा चिन्तित देखिएका महामन्त्री कुन्दनराज काफ्ले पनि महाधिवेशन गराउनका लागि अहिलेकै कार्यसमितिलाई निरन्तरता दिनुपर्नेमा उभिएका छन्।

‘यही कार्यसमितिले महाधिवेशन गर्छ र नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्छ,’ काफ्लेले सेतोपाटीसँग भने, ‘महाधिवेशन गर्न छ महिना समय चाहिन्छ भनेकै थियौं, पार्टीले सुनेन।’

पार्टीले नेविसंघको कुरा नसुन्दा समस्या हुने गरेको उनले दाबी गरे ।

माघ २ मा नेविसंघ अहिलेको कार्यसमिति स्वत: भंग हुने भएकोले त्यसअघि नै पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए।

‘तोकिएको समयमा महाधिवेशन नहुने देखियो, अब के गर्ने भन्नेमा नेतृत्वसँग बैठक बसेपछि मात्रै थाहा हुन्छ,’ महतले भने।

नेविसंघमा ३२ वर्षे उमेरहद लागू भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.