Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

रानी पाेखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि ब्यङ्ग्य

User Photo
मङ्लबार, पुस २४, २०७५

अाजभाेली अान्दाेलनका कार्यक्रममा ब्यङ्ग्यात्मक प्रयाेग धेरै हुन थालेकाे छ । यसै क्रममा रानी पाेखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि ब्यङ्ग्य गरिएकाे छ । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेकाे हाे ।

काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।


advertisement

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए ।

‘विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप हामीले रानीपोखरीमा फुटबल खेलेका हौं’ उनले भने ‘काठमाडौंको केन्द्र रानीपोखरी पुननिर्माणको अवस्था छ यस्तो छ भने अरु ठाउँको के होला भनेर सराकरलाई सचेत गराउन खोजेका हौं ।’

रानीपोखरी पुननिर्माणका लागि त्यहाँको पानी सुकाए पनि हाल पुनर्निर्माणको काम भएको छैन, त्यहाँ चउर र झाडी बनेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.