Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

रानी पाेखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि ब्यङ्ग्य

User Photo मङ्लबार, पुस २४, २०७५

अाजभाेली अान्दाेलनका कार्यक्रममा ब्यङ्ग्यात्मक प्रयाेग धेरै हुन थालेकाे छ । यसै क्रममा रानी पाेखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि ब्यङ्ग्य गरिएकाे छ । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेकाे हाे ।

काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए ।

‘विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप हामीले रानीपोखरीमा फुटबल खेलेका हौं’ उनले भने ‘काठमाडौंको केन्द्र रानीपोखरी पुननिर्माणको अवस्था छ यस्तो छ भने अरु ठाउँको के होला भनेर सराकरलाई सचेत गराउन खोजेका हौं ।’

रानीपोखरी पुननिर्माणका लागि त्यहाँको पानी सुकाए पनि हाल पुनर्निर्माणको काम भएको छैन, त्यहाँ चउर र झाडी बनेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.