Naya Media
बुधबार, फाल्गुन ६, २०८२
| | February 18, 2026
बुधबार, फाल्गुन ६, २०८२

आन्दोलनबाटै राजसंस्था र हिन्दु राष्ट्र स्थापित गर्ने राप्रपाको घोषणा

अध्यक्ष लोहनीले दिए चेतावनी दिए

User Photo मङ्लबार, फाल्गुन २१, २०७५

विराटनगर। राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् ।

प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जवराले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफ्नो असहमति रहेको बताए । तर, उनले त्यहि संविधानको अधिकार प्रयोग गर्दै आन्दोलन गर्ने बताए ।

‘संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन गर्छौ । जनताको सहयोगबाटै हाम्रा मान्यता स्थापित गर्छौं’ अध्यक्ष राणाले पत्रकार सम्मेलनमा भने ।

त्यस्तै उनले संविधानमा केही राम्रा पक्षहरु भएको पनि बताए । ‘संविधान संशोधन गर्ने अधिकार दिइएको छ । यो संविधानको राम्रो पक्ष हो । यही व्यवस्थालाई टेकेर हामी राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्छौं’ अध्यक्ष राणाको भनाई छ ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको हक उपयोग गर्दा कसैले आफुहरुलाई थुन्छ भने आफुहरु थुनिन तयार रहेको बताए । ‘कसैले थुन्छ भने थुने हुन्छ । यो हाम्रो चुनौति हो’ अध्यक्ष लोहनीले चेतावनी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.