जनार्दन: प्रतिबन्ध र बम दुवै समाधान होइनन्

काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका नेता जनार्दन शर्माले सरकारको प्रतिबन्ध र विप्लवको हिंसा दुवै गलत भएको बताएका छन् ।

सरकारले हालै विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट भइरहेका हिंसात्मक गतिविधिलाई लिएर नेकपाभित्रै मतान्तर बढिरहेका बेला नेता शर्माले दुवैको कार्यशैली गलत भएको टिप्पणी गरेका हुन् ।

शर्माले दुवै पक्षलाई संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् ।

‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन’, शर्माले विप्लव प्रतिबन्धबारे धारणा सार्वजनिक गर्दै ट्विट गरेका छन्, ‘चाहिएको समाधान हो । संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, फाल्गुन ३०, २०७५ (March 14, 2019, 12:06 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै