Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

एसईई परिक्षा आज देखी सुरु, ७५ प्रतिशत हाजिरी नपुगेका परिक्षामा सहभागी हुन नपाउने

User Photo
आइतवार, चैत्र १०, २०७५

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आज देखी देशैभरी सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्नेछ ।


advertisement

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.