Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

फेल भएका अस्थायी शिक्षक द्वारा काठमाडौंमा प्रदर्शन, जसरी पनि स्थायी हुनु पर्ने माग

निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल

User Photo शुक्रबार, बैशाख १३, २०७६

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो ।

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो । यद्यपी दुबै तर्फबाट संयमता अपनाएकाले तनावको अवस्था सिर्जना भएन ।

समितिमा वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले आफूहरु असफल भएको नभई राज्यले धाँधलीपूर्ण रुपमा परीक्षामा असफल गराएको जिकिर गरे । ऐनमा आन्तरिकबाट ७५ र खुलातर्फ २५ प्रतिशत सिट परिपूर्ति गर्ने भनिए पनि आन्तरिकका लागि ७५ प्रतिशत सिट नदिइएको बस्नेतले बताए । उत्तर पुस्तिका परीक्षणमा धाँधली भएको उनले आरोप लगाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.