Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

मेराे सरकार जानीबुझी राखिएकाे हाे – प्रधानमन्त्री ओली

"लोकतन्त्रकाे अभ्यासमा कांग्रेसकाे आलोकाँचो पन देखियाे"

User Photo मङ्लबार, बैशाख २४, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

प्रधानमन्त्री ओली मेरो सरकार भन्नु बेलायती महारानीको शैली भन्ने विपक्षी दलका नेता शेरबहादुर देउवाको टिप्पणीको जवाफ पनि दिए । उनले भने, अलिकति त्यो शब्दावली उपयुक्त भएन कि। बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’

उनले अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्न आग्रह गरे । भारतमा पनि मेरो सरकार भन्ने गरिएको तर, संविधानमा मेरो सरकार भन्नुपर्छ भनेर नलेखिएको उनको जिकर छ ।

‘लोकतन्त्रका अभ्यासका सन्दर्भमा कांग्रेसले आलोकाँचो पन देखाउन मिल्दैन कि ? यतापट्टी विचार गर्नु बान्चनिय हुन्छ भन्ने ठान्छु’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।

राजा महाराजाले मेरो भन्ने जनताको प्रतिनिधिले अपनत्व नलिने, मेरो सरकार नभन्ने हुन नसक्ने भन्दै उनले भने, ‘राष्ट्र प्रमुखको हैसियतले मेरो सरकार भनेर सम्बोधन गर्नुपर्छ ।’

नीति तथा कार्यक्रमको आलोचना गर्नेहरु सामान्य कुरामा बढी बल लगाएको र त्यो खन्यो पहाड निक्ल्यो मुसा जस्तो हुने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.