समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले केही मिडियाकर्मीहरु असनको साँढेजस्तो भएको बताउनु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्दै “अहंकारी, उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडियानेतृत्वको ध्यान पुगोस् !” भन्ने अभिव्यक्ति दिनुभएको छ ।
समाजवादी पार्टी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले एभीन्युज टिभी संगकाे एक अन्तवार्तामा अन्तवार्ता लिने मान्छेको शिष्टता नभएको भन्दैै अन्तवार्ताको बिचमा उठेर हिडेपछि सामाजिक सञ्जाल तातिएपछि डा. भट्टराईले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

