Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सरकारी अधिकृतद्वारा सरकारी जग्गा पत्नी, छोरी र नातागोताका नाममा दर्ता

अहिले सेवानिवृत्त छन्

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ ।

अभिलेख अनुसार जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत न्यौपानेले सेवामा रहेका बेला (२०६६) पत्नीसहित १४ जना नातागोताका नाममा पाँच सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् । न्यौपाने अहिले सेवानिवृत्त छन् ।

न्यौपानेले पदीय अधिकार दुरुपयोग गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा पत्नी, छोरी र नातागोताको नाममा दर्ता गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।नागरिक दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.