Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गराै- प्रचण्ड

अबकाे केही दिनमा जिल्ला अधिवेशन र केही महिनाभित्र महाधिवेश

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् ।

२६ औंमदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमाशुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले राष्ट्रयि तथा अन्तर्राष्ट्रयि रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए।

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको अध्यक्ष दाहालले बताए। ‘पुराना सद्धिान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकाेण दिनुभएको हो,’ दाहालले भने,’नयाँ परस्थितिअिनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ।’

मुलुकमा सामाजिक न्याय, सामाजकि सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकाेणका कारण कसैको केही नलागेको बताए।

उनले एक वर्ष अगाडि दुई पार्टी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिए पनि प्राविधिक कारणले ढिलाे भएको बताए।उनलेजनवर्गीय संगठनको एकता हालै गरएिकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महिनाभित्र महाधिवेश सम्पन्न गर्ने योजना रहेको बताए।

संंगठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिकाे यात्रामा सहभागी गराउने अध्यक्ष दाहालले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.