Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

जनप्रतिनिधीकाे सलामी माेह, एक पछी अर्काे हाँसाेका पात्र बन्दै

User Photo सोमवार, असार ९, २०७६
काठमाण्डाै ।

अहिले सामाजिक सञ्जालमा एउटा जनप्रतिनिधीकाे तस्विर भाइरल छ । जसका अनेक ब्याङ्ग्यात्मक तस्विर समेत बन्दै चर्चित भइरहेकाछन । उक्त तस्विर हाे एक जनप्रतिनिधीले सलामी खाइरहेकाे तर टेबलमाथी चढेर । उनी अहिले निकै हाँसाे अनि आक्राेशका पात्र बनिरहेछन् । उनी धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल रहेकाे खुलेकाे छ ।

तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरिरहेकाे देखिन्छ भने वरिपरि हेर्नेहरुकाे भीड समेत छ । उनकाे याे फाेटाे बाहिरिएपछि व्यंग्य र आक्राेश मिश्रित प्रश्नहरु उठिरहेका छन्- के हामीले चाहेकाे गणतन्त्र यही थियाे ? पद, शानशाैकत, सम्मान र सुविधाका खातिर नेता/जनप्रतिनिधिहरु जे पनि गर्न खाेज्दा यसरी बदनाम भइरहेका छन् भन्ने याे एक उदाहरण हाे ।

केही समयअघि पिर्कामाथि सलामी लिइरहेकाे तस्वीर पनि यसैगरी सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । त्यसरी ‘पिर्के सलामी’ ग्रहण गर्ने व्यक्ति थिए- ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङ । उनी पनि पूर्व एमाले नेता हुन् । राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियाेगिताका दाैरान उनलाई खेल मैदानमै सिद्धिचरण नगरपालिकाका विद्यार्थीहरुले सलामी दिएका थिए ।

सलामी ग्रहण गर्दै अम्बिरबाबु गुरुङ

सलामी ग्रहण गर्दै अम्बिरबाबु गुरुङ

यसैगरी साेही खालकाे राताे कपडा विछ्याइएकाे पिर्कामाथि नै ओखलढुंगाकै अर्का जनप्रतिनिधि पनि सलामी लिइरहेकाे फाेटाे समेत सामाजिक सञ्लालमा देखिएकाे छ । उनी हुन्- प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्का, जाे तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए ।

मोहनकुमार खड्का

यी सबै केवल कम्युनिष्ट पार्टीका नेता भएर मात्रै चर्चामा आएका हाेइनन् हाेला, जनतासामु बाँडेका सपना/वाचा पूरा गर्नतिर भन्दा आफ्नै शानशाैकत र हैकमवादी मानसिकतामा केन्द्रित हुँदाका परिणाम हुन् भन्ने तस्वीरले प्रष्ट्याउँदैन र ?


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.