Naya Media
आइतवार, असार २८, २०८३
| | July 12, 2026
आइतवार, असार २८, २०८३

मलाई मिसन पत्रकारिताले पेल्यो- प्रधानमन्त्री

User Photo मङ्लबार, असार ३१, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगतले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोखेका हुन् ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्छन्, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता गर्याे, त्यसलाई कसरी नराम्रो भन्ने ?’

रेग्मीले प्रश्न गरे, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.