Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

प्रतिक्रियावादीहरुले नेता-नेताको झगडा गराए- प्रचण्ड

झगडा मिलाउने भूमिका खेल्न आग्रह

User Photo मङ्लबार, असार ३१, २०७६
काठमाण्डाै ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता नेताको झगडा गराएको दाबी गरेका छन् । उनले मिलाउने भूमिका खेल्न नेताहरुलाई आग्रह समेत गरे ।

मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै नकेपा अध्यक्ष प्रचण्डले प्रतिक्रियावदीहरुले नेता नेतामा झगडा लगाउने गरेको बताए । उनले भने, प्रतिक्रियावादीहरु फुटाउन सिफालु छन्, हामी जुटाउन सिपालु हुनुपर्छ ।’

दुश्मनका कारण नभई आफ्नो कमजोरी, अहंकार र व्यक्तिवादी चिन्तनका कारण कम्युनिस्ट पार्टीहरु असफल भएको विश्व इतिहास रहेको भन्दै उनले उनले भने, ‘एकअर्कालाई निषेध गर्ने प्रवृत्ति नै हाम्रो काल हुने गरेको छ ।’

पार्टी एकता गर्ने घोषणासँगै प्रतिक्रियावादीहरुको चलखेल सुरु भएको भन्दै उनले अघि भने, ‘विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दी नभएका होइनन् । त्यो सबैलाई पार गरेर प्रतिवद्धता अनुसार नै हामीले एकता घोषणा गर्‍यौं ।’

उनले पार्टी एकताका बाँकी काम आजै साँझ टुंगो लागाउने प्रयास भइरहेको बताए । असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको भन्दै उनले भने, ‘मुलभूत रुपमा सबै हामीले टुंग्याउँछौं । अब खाली ठाउँ भर्न मात्र बाँकी छ ।’

केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे भएको सहमतिलाई छिट्टै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गर्ने उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.