Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 25, 2026
आइतवार, बैशाख १३, २०८३

कक्षा १२ काे परीक्षाफल आज सार्वजनिक हुदै

User Photo सोमवार, साउन १३, २०७६
काठमाण्डाै ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाफल सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाखमा लिएकाे परीक्षाको नजिता प्रकाशित गर्न आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएकाे छ ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं।’

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए। गतवर्षदेखि सबै संकाय र विषयकोनतिजा एकैदिन गर्ने गरिएको छ। त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.