Naya Media
शुक्रबार, साउन १, २०८३
| | July 17, 2026
शुक्रबार, साउन १, २०८३

२१ दिन बितिसक्दा पनि खुलेन ताला काठमाडौं विश्वविद्यालयको ताला

माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने

User Photo बुधबार, भदौ ११, २०७६
काठमाण्डाै ।

काभ्रे । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन ।

प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।

दुवै संघले आफ्ना मागलाई सम्बोधन गर्न दबाव दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो ।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।

स्कूल अफ म्यानेजमेन्टका डिन प्रा.डा. विजय केसीको संयोजकत्वमा प्रा.डा. बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ । तर, सो समितिले औपचारिकरूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिकरूपमा नभए पनि अनौपचारिकरूपमा कुराकानी भइरहेको बताए ।

आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ ।

आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपुर्याएको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.