Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

बेरोजगारका लागि ‘रोजगारी पसल’

User Photo आइतवार, भदौ २२, २०७६
काठमाण्डाै ।

नेपालगञ्ज । बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने संघसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पु¥याउन यसले मद्दत गर्ने बताए ।

प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए । “हामीले रोजगारदाता सङ्घसंस्थाको माग अनुसारका दक्ष कामदार उत्पादन गरेर पठाउँछौँ”, उनले भने, “यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आयआर्जन गर्न सकिनेछ ।”

सन् २०१२ मा स्थापना भई काठमाडौं, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताए । हालसम्म देशैभरिबाट १ लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको जिकिर थियो ।

उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । उक्त पसलका शाखाप्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आइ आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने र त्यस्ता व्यक्तिका लागि आवश्यकता अनुसारको तालीमको व्यवस्थासमेत गरिने जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.