Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

नवरसका साथ सुरु भयो महाकाली नाच

User Photo बुधबार, भदौ २५, २०७६
काठमाण्डाै ।

काठमाडौं । बसन्तपुरमा ईन्द्रजात्राको लिंगो ठड्याएपछि असत्यमाथि सत्यको जितको प्रतीकस्वरु बिभिन्न देवीदेवताको नाच देखाउन सुरु गरिएको छ । यो नाच आठ दिनसम्म हरेक दिन साँझ नाचिन्छ ।

ईन्द्रजात्राको क्रममा कुमारी, गणेश र भैरवलाई तीन दिन सहर परिक्रमा गराइन्छ । र, यी तीन दिन वर्षौं पुरानो महाकाली नाच पनि नाचिन्छ । भक्तपुरको ‘महाकाली प्याखँ’लगायतका समूहले बसन्तपुरमा महाकाली नाच देखाउँछन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरको महाकाली नाच पुरातत्व विभागमा समेत दर्ता छ ।

ईन्द्रजात्रा, गाईजात्रा र दशैंको नवमीमा गरी वर्षको तीन दिन महाकाली नाच देखाउने चलन छ । महाकाली नाच करिब दुई घन्टाको हुन्छ । महाकाली नाच नौ बाजा र नौ रसमा नाचिन्छ । यसमा बिभिन्न देवीदेवताको पनि नाच हुन्छ । तर मुख्य आकर्षण महाकालीको हुन्छ । नाचमा देवीदेवताको भूमिका पुस्तौंदेखि पुरुषले गर्दै आएका छन् ।

यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन तर लिच्छविकालदेखि सुरु भएको र मल्लकालदेखि व्यवस्थित गरिएको बताइन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार नाचको सम्बन्ध नरदेवी नाचसँग छ ।

राणाकालीन समयमा महाकाली नाच चर्चामा थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले काठमाडौंको राजकीय पर्व मानिने योयाः पुन्ही अर्थात् ‘ईन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.