राेजगारी

ईपीएस मार्फत कोरियाले २०२० का लागि ५६ हजार विदेशी श्रमिक लैजाने

नेपाललगायत अन्य १६ राष्ट्रबाट उक्त संख्यामा कामदार माग हुने

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।

कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
आइत, पुस ६, २०७६ (December 22, 2019, 1:48 am) मा द्वारा फिचर स्टाेरी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै