Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

एमसीसीका विषयमा अनावश्यक शंका- परराष्ट्रमन्त्री ज्ञवाली

एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक छैन

User Photo बुधबार, पुस ९, २०७६
काठमाण्डाै ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अनावश्यक शंकामात्र गरिएको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताए ।

‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं’ उनले भने ‘बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ । एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन ।’

मन्त्री ज्ञवालीले संसदको अहिलेको अधिवेशनबाट एमसीसी पारित हुने बताए । ‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ । अनुमोदन हुन्छ त्यसमा अलमलिनुपर्दैन’ उनले भने । एमसीसीसँग सम्झौता हुँदा नेपालमा राजनीतिक दलहरुबीच विकासमा पनि तिक्ततापूर्ण सम्बन्ध भएका कारण बृहत्तर सहमतिको खोजीका लागि संसदबाट अनुमोदनको प्रावधान राखिएको हुन सक्ने मन्त्री ज्ञवालीले बताए ।

एमसीसीमा भारतको सहमति लिनुपर्ने प्रावधान राखिएको भन्दै विरोध भइरहेको प्रसंगमा पनि मन्त्री ज्ञवालीले जवाफ दिए । ‘क्रस बोर्डर प्रशारण लाइन बनाउने भनेर परियोजना छनोट गरेका छौं । यो छनोट ठीक छ भन्ने लाग्छ’ उनले भने ‘नेपालले नै योजना छनोट गरेको हो । क्रस बोर्डर भएकाले यो प्रोभिजन राखिएको हुन सक्छ । यसमा इफ एण्ड बट भनिरहनुपर्दैन ।’

एमसीसीमा नेपालले लेखा परीक्षण गर्न नपाउने व्यवस्था नै नरहेको भन्दै मन्त्री ज्ञवालीले यसमा पनि बुझाइ गलत भएको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.