Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

प्रतिनिधिसभा बैठक आज: सभामुखको निर्वाचन हुदै

असोजदेखि सभामुखविहीन अवस्थामा संसद

User Photo सोमवार, माघ ६, २०७६
काठमाण्डाै ।

गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक-पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ । सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।

प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् । नेकपाले सभामुख उम्मेदवार चयन गरेसँगै शिवमायाले राजीनामा दिनुपर्ने भएको छ । यद्यपि, शिवमायाले आफ्नो राजीनामाबारे केही बताएकी छैनन् ।

शिवमायाले सोमबार नै उपसभामुखबाट राजीनामाको घोषणा गरेमा संसद् सचिवालयले एकसाथ दुवै पदको निर्वाचन प्रक्रिया थाल्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.