Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापाको लण्डनमा सालिक बन्‍ने

थापाले विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर भिक्टोरिया क्रस पाएका थिए

User Photo सोमवार, माघ २०, २०७६
काठमाण्डाै ।

भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बन्‍ने भएको छ । बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक अल्डरसटमा सालिक बन्‍ने भएको हो ।

थापाले प्रथम विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बेलायत सरकारको सम्मानित पदक पाएका थिए । सालिकको आकृति पनि भिसी थापाले घाइते सैनिक बोकेको हुनेछ ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीले प्रिन्सेस गार्डेन अल्डरसटमा बनाउन लागिको सालिकका लागि स्थानीय रसमोर बरो काउन्सिलले स्वीकृति दिइसकेको छ । काउन्सिलले जग्गा र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको छ । कम्युनिटीले काउन्सिललाई सन् २०१५ मै निवेदन दिएको थियो ।

सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्, दि गोर्खा ब्रिगेड एसोसिएसन र गोर्खा संग्रहालयले पनि अनुमति दिइसकेको गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले जानकारी दिए । यसको अनुमानित लागत एक करोड ८० लाख रुपैयाँ छ । चन्दा संकलनबाटै आउँदो अगष्टसम्म सालिक बनाइने लक्ष्य राखिएको छ । कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएकी छन् ।

आइतबार प्रोजेक्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा करिब २३ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ ।

थापाले भारतीय सेनामा सेवारत रहँदा २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.