काठमाण्डाै ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दाेस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्यारोपणकै अन्तिम तयारी अन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ । नयाँ पत्रिकामा समाचार छ ।
